Logo
८ असार २०८३, सोमबार
|  Mon Jun 22 2026

सरकार पूर्वाग्रह र प्रतिशोधबाट प्रेरित हुनु हुँदैन :प्रदीप ज्ञवाली


काठमाडौं। सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेपछि पार्टी नेता प्रदीप ज्ञवालीले प्रक्रिया र न्यायिक अभ्यासबारे टिप्पणी गरेका छन्।

उनले राज्यका संवैधानिक तथा कानुनी अधिकारप्राप्त निकायहरूले गर्ने अनुसन्धानमा सहयोग गर्नु र कानुनअनुसार प्रश्नहरूको सामना गर्नु आफ्नो पार्टीको स्थापित मान्यता भएको बताएका छन्।

ज्ञवालीले अनुसन्धान प्रक्रिया निष्पक्ष र चरणबद्ध हुनुपर्नेमा जोड दिँदै पहिले गहिरो अनुसन्धान र त्यसपछि मात्र अभियोजन तथा अदालतको प्रक्रियामा जानुपर्ने अभ्यास नै सही हुने बताएका छन्।


प्रतिक्रिया दिनुहोस !
विचार