झापा । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको सदस्यता अद्यावधिक नगर्ने नेता कार्यकर्तालाई पार्टीले नचिन्ने बताएका छन् ।
मंगलबार झापामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले सदस्यता अद्यावधिक नगर्ने नेतालाई सिस्टमले नचिन्ने बताएका हुन् उनले आफूले सबै नेतालाई सम्मान गर्ने, तर सदस्यता अद्यावधिकमा आफूले केही गर्न नसक्ने बताए ।
सभापति थापाले आफूहरु बीपी कोइरालाले बनाएको पार्टीलाई बनाउन आएकाले अप्ठ्यारा प्रस्ताव नल्याउन असन्तुष्ट नेताहरुलाई आग्रह गरे । उनले पार्टीमा युवाहरू नेतृत्वमा आउँदा आफूलाई खुसी लाग्ने गरेको बताए । उनले पुराना नेताले धेरै अवसर पाएकाले नयाँ पुस्तालाई हैसला दिनुपर्ने बताए ।
सभापति थापाले विशेष महाधिवेशन नभएको भए कांग्रेसलाई धेरै भोट आउँथ्यो भन्नेलाई एमालेको हालत हेर्न सुझाव दिए ।





