Logo
९ असार २०८३, मंगलवार
|  Tue Jun 23 2026

विष्णु पौडेललाई ७ दिन हिरासतमा राख्न अनुमति,गुन्डुमा एमाले सचिवालय बैठक


काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । भक्तपुस्थित गुन्डुमा केही बेरअघि सुरु भएको बैठकमा पार्टी उपाध्यक्ष विष्णु पौडेलको पक्राउ लगायत अन्य समसामयिक विषयमा छलफल भइरहेको छ ।

यसअघि आजै च्यासलमा बसेको संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष पौडेलको गिरफ्तारी प्रतिशोध भएको बताएका थिए । विशेष अदालतले पौडेललाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अनुमति दिएको छ ।

उनलाई अब विभागले ७ दिन म्याद थप गर्न विशेष अदालतमा उपस्थित गराउनुपर्नेछ । पौडेललाई हिजो सुर्खेतबाट पक्राउ गरिएको थियो । उनलाई राति नै स्थलमार्गबाट काठमाडौं ल्याएर अदालत उपस्थित गराइएको थियो ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार