Logo
१४ असार २०८३, आईतवार
|  Sun Jun 28 2026

विष्णु पौडेलको पक्राउ ओलीमाथि लगाइएको प्रतिशोधी गिरफ्तारीको अर्को रूप हो:सांसद कँडेल


काठमाडौं ।  नेकपा एमालेका सांसद पुष्पराज कँडेलले पार्टी उपाध्यक्ष विष्णु पौडेल बेकसुर रहेको भन्दै तुरुन्त रिहा गर्न माग गरेको छ । आइतबारको प्रतिनिधिसभा बैठकमा उनले पार्टी उपाध्यक्ष पौडेललाई प्रतिशोधको कारण पक्राउ गरिएको बताए ।

सम्पत्ति शुद्धीकरणको आरोपमा उपाध्यक्ष पौडेललाई प्रहरीले गत साता सुर्खेतबाट पक्राउ गरेको थियो । त्यस्तै, सांसद कँडेलले प्रधानमन्त्री वालेन्द्र शाहले गत १७ जेठमा दिएको सीमा सम्बन्धी अभिव्यक्तिबारे माफी माग्न र संसदबाट उक्त अभिव्यक्ति हटाउन माग गरे ।


प्रतिक्रिया दिनुहोस !
विचार