अध्यक्ष माधव नेपालले नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक बोलाएका छन् । केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकको तयारीमा जुटेको एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज बस्न लागेको हो ।
बैठक दिउँसो २ बजे नयाँबानेश्वरस्थित अर्पण बैंक्वेटमा बोलाइएको छ । यो बैठकले कात्तिक २७ र २८ गते बस्ने केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकका प्रस्तावहरु अनुमोदन गर्ने पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
बैठकमा नेकपा एमाले सहितका विभिन्न पार्टी परित्याग गरी समाजवादी पार्टी प्रवेश गरेका एवं प्रवेश गर्ने तयारीमा रहेका नेताहरुको जिम्मेवारी र भूमिकाबारे निश्चित मापदण्ड निर्धारण गरी केन्द्रीय कमिटीमा पेश गर्ने योजना छ ।





