Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

बजेटले जनताको समृद्धिको अभियानलाई समेत छुन नसकेको रामकुमारी झाँक्रीको टिप्पणी


काठमाडौँ ।  नेकपा (एमाले) राष्ट्रिय सभाकी सांसद रामकुमारी झाँक्रीले सरकारले वित्तीय अनुशासन कायम नहुने गरी बजेट विनियोजन गरेको आरोप लगाएकी छन्।

शुक्रबार राष्ट्रिय सभामा विभिन्न मन्त्रालयहरूको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएकी हुन्।  सांसद झाँक्रीले साना साना आयोजनाहरूका लागि विनियोजन गरिएको बजेटलाई हेर्दा सरकारले वित्तीय अनुशासन पालना नगर्ने स्पष्ट भएको दाबी गरिन्।

उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थतन्त्रको स्वरूप परिवर्तन गर्ने भने पनि सोहीअनुसार बजेट नआएको जिकिर गरिन्। सांसद झाँक्रीले बजेटले जनताको समृद्धिको अभियानलाई समेत छुन नसकेको टिप्पणी गरेकी छन्।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार