काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारको एकसय दिन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सुरुवात गर्ने सवालमा सफल भएको बताएका छन् ।
शुक्रबार पार्टीको अभिमुखीकरण कार्यक्रमपछि पत्रकारहरुसँग कुरा गर्दै सभपति लामिछानेले सरकारको १०० दिन सुशासनमा केन्द्रित भएको बताएका हुन् । उनले आएका सुझावको आधारमा केही कमीकमजोरी रहेछ भने सच्चाएर अघि बढ्ने बताए ।
उनले विकास निर्माणका कामको नतिजा हेर्न समय लाग्ने बताए ।





