Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

पौडेल समूहबाट बाहिरिए प्रकाशमान सिंह


नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको समूहबाट अलग भएका छन् । आसन्न १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका सिंहले महाधिवेशन तयारीमा केन्द्रीय हुने भन्दै पौडेलले बोलाएको बैठक बहिस्कार गर्ने भएका छन् । वरिष्ठ नेता पौडेलले आज संस्थापनइतर समूहका केन्द्रीय पदाधिकारी र सदस्यहरुको बैठक बोलाएका छन् ।

बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा २ बजे हुने बैठकमा आफू नआउने सन्देश सिंहले पौडेललाई पठाइसकेका छन् । आफुलाई सभापतिमा सहयोग नगर्ने भए बैठकमा बस्नुको औचित्य नभएको नेता सिंहले बताएको उनको सचिवालयले जनाएको छ ।

नेता सिंहले सभापतिको दौडबाट पछि नहट्ने अडान लिएका छन् । त्यसकालागि छुट्टै समूह बनाएर अघि बढ्ने स्रोतले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार