प्रेस काउन्सिल नेपालको अध्यक्षमा पत्रकार बालकृष्ण बस्नेत नियुक्त भएका छन् ।
कानुन व्यवसायी समेत रहेका बस्नेतलाई बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले काउन्सिलको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।
लामो समय कान्तिपुर दैनिकमा काम गरेका बस्नेत पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य समेत हुन् । उनले हालै सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनमा महासचिव पदका लागि उम्मेद्वारी समेत दिएका थिए ।
दोलखाका बस्नेत पत्रकारिता तथा कानुनी दुवै क्षेत्रमा अब्बल मानिन्छन् ।





