Logo
३२ असार २०८३, बिहीबार
|  Thu Jul 16 2026

स्वास्थ्य बीमा बोर्डद्वारा देशभरका ३६८ अस्पताललाई २ अर्बभन्दा बढी भुक्तानी


स्वास्थ्य बीमा बोर्डले देशभरका ३६८ अस्पताल तथा स्वास्थ्य संस्थालाई दुई अर्ब रुपैयाँभन्दा बढी रकम भुक्तानी गरेको छ ।

बोर्डले सार्वजनिक गरेको विवरणअनुसार आर्थिक वर्ष २०८२- ८३ को असार मसान्तसम्म विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थालाई कुल २ अर्ब ७ करोड ३७ लाख ९९ हजार ९६३ रुपैयाँ भुक्तानी गरिएको हो ।

सबैभन्दा बढी भुक्तानी चितवनस्थित भरतपुर अस्पतालले प्राप्त गरेको छ। उक्त अस्पतालले ८ करोड २१ लाख ५४ हजार ८८५ रुपैयाँ पाएको छ ।

त्यस्तै मोरङको नोबेल मेडिकल कलेजले ६ करोड २१ लाख ३१ हजार १९२ रुपैयाँ, काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले ४ करोड ६६ लाख ८ हजार १९१ रुपैयाँ, सुनसरीस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले ४ करोड ५८ लाख ३० हजार ७४५ रुपैयाँ तथा काठमाडौंको वीर अस्पतालले ४ करोड ४३ लाख ७६ हजार ९३३ रुपैयाँ भुक्तानी प्राप्त गरेका छन् ।

यस्तै रुपन्देहीस्थित लुम्बिनी प्रादेशिक अस्पतालले ४ करोड २६ लाख ७३ हजार ५५९ रुपैयाँ, कास्कीको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले ४ करोड ७९ लाख ४ हजार ७६४ रुपैयाँ तथा काभ्रेको धुलिखेल अस्पतालले ४ करोड ९७ लाख ३१ हजार १७ रुपैयाँ प्राप्त गरेका छन् ।

स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत बीमीत नागरिकलाई सेवा उपलब्ध गराएबापत अस्पतालहरूलाई दाबी रकम भुक्तानी गरिएको बोर्डले जनाएको छ। बोर्डका अनुसार अस्पतालहरूले पेश गरेको दाबी परीक्षण तथा प्रमाणीकरणपछि रकम निकासा गरिएको हो ।


प्रतिक्रिया दिनुहोस !
विचार