Logo
१४ आश्विन २०८३, बुधबार
|  Wed Sep 30 2026

देशको शासन प्रणाली नै ‘हिट एन्ड मिस’ का भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?


काठमाडौँ । नेपाली चलचित्रका महानायक राजेश हमालले अन्दाज र परीक्षणको भरमा सञ्चालन गर्नु बुद्धिमानी नहुने बताएका छन् ।

सामाजिक संजालमार्फत हमालले कुनै राष्ट्रको भविष्य तथ्यमा आधारित निर्णय र दीर्घकालीन रणनीतिमा निर्माण हुनुपर्ने बताएका हुन् ।

उनले भनेका छन्, ‘देशको शासन प्रणाली नै ‘हिट एन्ड मिस’ अर्थात् अन्दाज र परीक्षणको भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ? कुनै राष्ट्रको भविष्य संयोगमा होइन, दूरदृष्टि, तथ्यमा आधारित निर्णय र दीर्घकालीन रणनीतिमा निर्माण हुनुपर्छ । भविष्यप्रतिको स्पष्ट दृष्टिकोणबिना, र आगामी ५, १० वा २० वर्षमा देश कहाँ पुग्नेछ भन्ने यथार्थपरक पूर्वानुमान गर्न नसकी, केवल दैनिक व्यवस्थापनका समस्यामै अल्झिरहने हो भने, तीव्र गतिमा परिवर्तन भइरहेको आजको विश्वमा देश वास्तवमा प्रगतितर्फ होइन, ठप्प अवस्थातर्फ उन्मुख हुन सक्छ।’


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार