Logo
२९ भाद्र २०८३, सोमबार
|  Tue Sep 15 2026

राष्ट्रिय एकताको संरक्षण तथा प्रवर्द्धनमा राष्ट्रियसभा सधैँ अग्रसर रहने दाहालको प्रतिबद्धता


????????? ????? ??????? ????? ????????, ?? ????? ?????? ????? ??? ?????????? ???????? ????? ????????? ????? ???? ??????? ?????????? ????????? ????? ??????? ???????????? ????? ? ??????? ??????? ?????÷????

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सुनसरीको देवानगञ्ज गाउँपालिकालगायत पूर्वी तराईरमधेसका केही क्षेत्रमा पछिल्ला दिनमा विकसित घटनाको तत्काल सत्यतथ्य, निष्पक्ष र विश्वसनीय छानबिन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा उनले ती घटनामा मानवीय क्षति हुनु, नागरिक तथा सुरक्षाकर्मी घाइते हुनु र विभिन्न स्थानमा सामाजिक तनावको स्थिति सिर्जना हुनु दुःखद पक्ष हुन् भने ।

अध्यक्ष दाहालले पीडितलाई न्याय, उचित क्षतिपूर्ति तथा घाइतेको निःशुल्क उपचार सुनिश्चित गर्न सरकारसँग आग्रह गरे । भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक कानुनी, प्रशासनिक तथा सुरक्षा उपाय अवलम्बन गर्न र घटनाको यथार्थ विवरण सार्वजनिक गरी नागरिकमा शान्ति, सुरक्षा र विश्वासको वातावरण कायम गर्न अध्यक्ष दाहालले अनुरोध गरे ।

उनले राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज, धार्मिक अगुवा, बुद्धिजीवी, मानवअधिकारकर्मी, सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता, निजी क्षेत्र तथा सम्पूर्ण नेपालीलाई शान्ति, सहिष्णुता, संवाद, भाइचारा र सामाजिक एकताको वातावरण निर्माणमा सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरृ ।

विशेषगरी सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत अपुष्ट, भ्रामक तथा उत्तेजक सामग्रीको प्रचार–प्रसार नगरी प्रमाणित र आधिकारिक सूचना मात्र सम्प्रेषण गर्नसमेत उनले आग्रह गरे । अध्यक्ष दाहालले संविधानको मर्म, लोकतान्त्रिक मूल्य, सामाजिक सद्भाव र राष्ट्रिय एकताको संरक्षण तथा प्रवर्द्धनमा राष्ट्रियसभा सधैँ अग्रसर रहने प्रतिबद्धता व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस !
विचार