Logo
२४ श्रावण २०८३, आईतवार
|  Sun Aug 9 2026

सङ्घीयता र समानुपातिक प्रतिनिधित्व कमजोर पार्न नपाइने आङ्देम्बेको चेतावनी


कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारका पछिल्ला गतिविधि र अभिव्यक्ति संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने दिशातर्फ उन्मुख भएको आशंका गरेका छन् ।

३२औँ विश्व आदिवासी दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै आङ्देम्बेले सरकारका पछिल्ला गतिविधि संघीयता, धर्मनिरपेक्षता, समावेशीता र लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने दिशातर्फ उन्मुख भएको महसुस हुन थालेको बताएका हुन् ।

आङ्देम्बेले संविधानले सुनिश्चित गरेका राजनीतिक उपलब्धि कुनै दल वा सरकारको दया र कृपाबाट प्राप्त नभएको बताएका छन् । संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशीता, सामाजिक न्याय तथा पहिचान र सांस्कृतिक अधिकार नेपाली जनताको लामो संघर्ष, त्याग र बलिदानबाट प्राप्त उपलब्धि भएको उनको भनाइ छ।

आदिवासी जनजातिको पहिचान, भाषा, संस्कृति र अधिकार व्यवहारमै सुनिश्चित हुनुपर्ने उनको भनाइ छ । राज्यका सबै तहमा न्यायपूर्ण प्रतिनिधित्व र पहिचानसहितको संघीयता संस्थागत गर्नुपर्ने उनले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार