Logo
२४ श्रावण २०८३, आईतवार
|  Sun Aug 9 2026

‘एक्सप्रेस-वे’मा हिँड्नूस् तर ‘लेन’ नमिच्नूस् : गगन थापा


काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारमा शासकीय अराजकता बढ्दै गएकाले त्यसलाई सही बाटोमा ल्याउने जिम्मेवारी कांग्रेसको भएको बताएका छन् ।

आइतबार पार्टी केन्द्रीय समिति बैठकमा सभापति थापाले प्रधानमन्त्रीले सरकार ‘एक्सप्रेस वे’मा हिँडिरहेको भने पनि कानुन र संविधानले तोकेको लेनभन्दा बाहिर जान नपाइने बताएका हुन् ।

उनले सरकारले गति बढाउन पाउने भएपनि शक्तिको पृथकीकरणको सिद्धान्तलाई तिलाञ्जली दिन नमिल्ने बताए । सभापति थापाले सरकार बरालिएको बताए । उनले सरकार बरालिएकै कारण नागरिकमा आक्रोश देखिएको बताए । उनले भने, ‘केही नागरिकमा अनिश्चितता भएको पाउँछु । केही नागरिकसँग कुरा गर्दा हिजो राम्रो भएन, आज पनि भएको छैन । भोलि पनि हुन्न भने हतास भएको पाउँछु । केही नागरिकलाई आक्रोश छ ।’

सभापति थापाले रास्वपाका सांसदहरूले संसदमा सरकारका गलत कामबारे प्रश्न उठाउनुलाई सकारात्मक रूपमा लिनुपर्ने बताए ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार