काठमाडौँ । प्रधानमन्त्री बालेन साहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले भेट गरेका छन् । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरुबीच भेटवार्ता भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।
भेटका क्रममा नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको जनाइएको छ । यसअघि विदेशी राजदूतहरुसँग सामूहिकरुमा भेट गरेका प्रधानमन्त्री साहले आज राजदूत श्रीवास्तवसँग छुट्टै भेटवार्ता गरेका हुन् ।
प्रधानमन्त्रीले चिनियाँ राजदूतसँग पनि छुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ । यसअघि प्रधानमन्त्रीले गत चैत २५ मा राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरुसँग सामूहिक भेट गरेका थिए ।





