Logo
२५ श्रावण २०८३, सोमबार
|  Mon Aug 10 2026

प्रधानमन्त्री साहसँग चीनका राजदूत माओमिङको भेटवार्ता


काठमाडौँ । प्रधानमन्त्री बालेन साहसँग नेपालका लागि चीनका राजदूत झाङ माओमिङले भेटवार्ता गरेका छन् । सोमबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरुबीच भेटवार्ता भएको हो ।

यसअघि प्रधानमन्त्री साहले नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवसँग भेटवार्ता गरेका थिए । भेटमा उनीहरूबीच नेपाल–भारत सम्बन्ध, द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्री साहले भारतसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड दिएका थिए ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार