Logo
१० जेष्ठ २०८२, शनिबार
|  Sat May 24 2025

आज निर्जला एकादशी, तुलसीको दल राख्ने दिन


आज निर्जला एकादशी । आजको दिन वैदिक सनातन धर्मावलम्बीले तुलसीको दल राख्ने गर्दछन् ।
ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको दल राखेर एक महिनापछि आषाढ शुक्ल एकादशीमा तुलसी रोप्ने गरिन्छ ।
निर्जला एकादशीमा पानी समेत नपिई व्रत बस्नुपर्ने मान्यता रहेको छ । यसरी व्रत बसेमा अभीष्ट फल पाइने शास्त्रीय वचन रहेको छ ।

 


प्रतिक्रिया दिनुहोस !
विचार