काठमाडौं । नेकपा एमालेले संगठनात्मक गतिविधिलाई तीव्रता दिने गरी राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ । बिहीबार बसेको स्थायी कमिटी बैठकले मंसिरको पहिलो साता राष्ट्रिय भेला गर्ने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।
उनकाअनुसार राष्ट्रिय भेलामा प्रदेश र जिल्ला पदाधिकारी, पालिका अध्यक्ष तथा उपाध्यक्ष, साथै संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि सहभागी हुनेछन् ।बैठकले मंसिर २६ गते वडा र पुस ४ गते पालिका अधिवेशन गर्ने मिति पनि तय गरेको छ । वडा तथा पालिका अधिवेशनपछि प्रदेशस्तरीय भेला गर्ने निर्णय भएको भट्टले जानकारी दिए।
यसैगरी, १३ जिल्लामा रिक्त रहेको अध्यक्ष पदमा सम्बन्धित स्थानीय कमिटीले नेतृत्व चयन गर्ने र त्यसलाई माथिल्लो कमिटीबाट अनुमोदन गराउने निर्णय बैठकले गरेको छ ।








