योग गुरु रामदेवले काठमाडौंमा टेलिभिजन सञ्चालनमा ल्याएका छन् । बिहीबार मात्र काठमाडौं आएका रामदेवले शुक्रबार पतञ्जलि योगपीठ नेपाल मण्डिखाटारमा पतञ्जलि नेपाल टिभि तथा आस्था नेपाल टिभि र पतञ्जलि सेवा सुरु गरेका हुन् ।
सदनको उद्घाटन कार्यक्रमा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृति समाजवादी) अध्यक्ष माधवकुमार नेपाल र बाबा रामदेव सहभागी भएका छन् ।
कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीलाई पनि आमन्त्रण गरिएको थियो । तर ओली कार्यक्रममा सहभागि भएनन् । उनले महाधिवेशनको तयारीमा लाग्नुपर्ने भएकोले कार्यक्रममा उपस्थित हुन नसकेको बताए पनि गठबन्धनका अन्य नेताहरु सहभागि कार्यक्रममा सहभागि हुन उपयुक्त नठानेर कार्यक्रममा नगएको बताइन्छ ।









