Logo
३ असार २०८३, बुधबार
|  Wed Jun 17 2026

रास्वपा मकवानपुर सभापति भरत पराजुली कांग्रेसमा प्रवेश


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका सभापति भरत पराजुली नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनलाई सर्लाहीमा पार्टी सभापति गगन थापाले कांग्रेसमा स्वागत गरे ।

पराजुलीले आज बिहान मात्र रास्वपा मकवानपुर सभापति पद त्यागेका थिए । पार्टीमा काम गर्नेको भन्दा आर्थिक हैसियत हुनेहरुको बोलवाला भएको उनको आरोप थियो ।

आज रास्वपाले मकवानपुरको हेटौँडामा सभा गर्दैछ । सभामा पार्टी सभापति रवि लामिछानेले दिउँसो ४ बजे सम्बोधन गर्ने तालिका छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार