निर्वाचन आयोगको पछिल्लो मतपरिणाम अनुसार समानुपातिकतर्फ हालसम्म ४५ लाख ३० हजार ९१३ मतगणना भएको छ । जसमध्ये लगभग ५० प्रतिशत अर्थात् २२ लाख ३९ हजार ८७० मत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पाएको छ ।
यसैगरी नेपाली कांग्रेसले ७ लाख ६० हजार ४८५ मत पाउँदै दोस्रो स्थानमा रहेको छ भने नेकपा एमालेले हालसम्म समानुपातिकतर्फ ६ लाख ४६ हजार ७७० मतसहित तेस्रो स्थानमा रहेको छ ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले ३ लाख ४ हजार ६२ मत पाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १ लाख ६३ हजार १५१ मत पाएको छ ।
यता हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले पनि समानुपातिकतर्फ एक लाख मत कटाएको छ । निर्वाचन आयोगका अनुसार ४५ लाख मतगणना हुँदा साम्पाङ नेतृत्वको दलले १ लाख ७ हजार ३२ मत पाएको छ ।
यसैगरी जनता समाजवादी पार्टी, नेपालले ५२ हजार ४२४मत पाएको छ भने, मुरली चिह्न रहेको राष्ट्रिय परिवर्तन पार्टीले ४९ हजार ७५७ मत पाएको छ ।






