Logo
३ असार २०८३, बुधबार
|  Wed Jun 17 2026

बिहिबार पनि बढ्यो सुनचाँदीको मूल्य , कतिमा हुँदैछ कारोबार?


बिहिबार पनि नेपाली बजारमा  सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा २ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको हो । यसअघि बुधबार छापावाल प्रतितोला २ लाख ५९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।बुधबार प्रतितोला ४ हजार ५५ रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार