Logo
२७ श्रावण २०८३, बुधबार
|  Wed Aug 12 2026

नेप्सेको पहिरोमा लाग्यो ‘ब्रेक’, ५० अंक बढ्यो बजार


शेयर कारोबार मापक नेप्से परिसूचकमा आज सुधार आएको छ । यस दिन परिसूचक ५०।५८ अंकले बढे पनि कारोबार रकम भने घटेको छ। परिसूचक २६६५ अंकमा कायम भएको छ। हिजो ५ अर्ब ७४ करोड रुपैयाँको सेयर किनबेच भएकोमा आज ५ अर्ब २ करोडमा सीमित भएको छ। यस दिन ९८ लाख ९४ हजार कित्ता धितोपत्र कारोबार भयो।

सबै समूह हरियो बनेका छन्। बैंकिङ २०, विकास बैंक १५०, फाइनान्स १०७, होटल तथा पर्यटन ३२, जलविद्युत ११७, लगानी २, जीवन बीमा २१५ र उत्पादन समूह १०३ अंकले बढे। त्यस्तै माइक्रोफाइनान्स समूह ८८, निर्जीवन बीमा २५५, अन्य ४१ र ब्यापार समूह ७५ अंकले बढेका छन्।

यस दिन कुल १७३ कम्पनीको मूल्य बढ्यो भने ११ कम्पनीको मूल्य घटेको छ। त्यस्तै २ कम्पनीको मूल्य स्थिर रह्यो। धेरै मूल्य कमाउनेमा अपि पावर र ग्रीन डेभलपमेन्ट बैंकका लगानीकर्ता अगाडि रहे। ती कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ।


प्रतिक्रिया दिनुहोस !
विचार