Logo
११ कार्तिक २०८३, बुधबार
|  Wed Oct 28 2026

मनसुन बाहिरिए पनि यी स्थानमा आज वर्षाको सम्भावना


आगामी तीन दिन देशको पहाडी भू-भागमा हल्का वर्षा हुने भएको छ । आज बिहान सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखी सामान्य बदली रही बाँकी भू–भागमा सामान्यतया सफा रहेको छ ।

आज दिउँसो दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली तथा अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

विभागका अनुसार आज राति देशको पहाडी भू–भागमा आंशिक बदली तथा अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ । दुई दिन अगाडि मनसुन भने नेपालका सबै भू–भागबाट बाहिरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार