Logo
४ श्रावण २०८३, सोमबार
|  Tue Jul 21 2026

सवारी साधनमा क्षमताभन्दा बढी यात्रु नराख्न प्रधानमन्त्री देउवाको निर्देशन


प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले मुगु, कास्की र अछाममा भएको सडक दुर्घटनामा मृत्यु भएका मृतकका परिवारलाई उचित राहत र घाइतेको उद्धार एवं निःशुल्क उपचार गर्ने बताएका छन्। प्रधानमन्त्री देउवाले दुर्घटनाले आफू स्तब्ध भएको बताउँदै दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि अर्पण समेत गरे।

उनले भनेका छन्, ‘सडक दुर्घटना न्यूनीकरणका लागि सार्वजनिकरनिजी सवारी साधनको नियमित परीक्षण एवं मर्मत गर्न, क्षमताभन्दा बढी यात्रु नराख्न र सुरक्षाका सबै मापदण्डहरू अपनाउन पनि म सम्बन्धित सबैको ध्यानाकर्षण गराउँदछु।’

दशैंमा घर फर्किनेको भीड लागेसँगै विभिन्न स्थानमा ठूला ठूला दुर्घटनाका समाचार बाहिरिरहेका छन् । हिजो मात्र मुगुमा भएको बस दुर्घटनामा ३२ जनाको मृत्यु भएको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार