Logo
१० भाद्र २०८३, बुधबार
|  Wed Aug 26 2026

आज यी प्रदेशमा वर्षाको सम्भावना


मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका विभिन्न पहाडी भू–भागमा मौसम बदली रही प्रदेश १ र बागमती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनीय मौसम प्रणाली नभए पनि बिहीबार बिहान पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहेको छ।

दिउँसो देशको प्रदेश १, प्रदेश २, बागमती प्रदेशको पहाडी भू(भागमा आंशिक बदली रहने छ। अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र बागमती प्रदेशका एक-दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति देशको प्रदेश १, प्रदेश २, बागमती तथा बांकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र बागमती प्रदेशका एक-दुई स्थानमा भने हल्का वर्षाको सम्भावना रहेको छ।


प्रतिक्रिया दिनुहोस !
विचार