Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

चिनियाँ राजदूतावासमा पनि टीकाको रौनक, राजदूत यान्छीले लगाइदिन् टीका


चिनियाँ राजदुत होउ यान्छीले नेपालस्थित चिनियाँ दूतावासका कर्मचारीहरुलाई दशैंको टीका लगाइदिएकी छिन् ।
टीका लगाइदिएको फोटो सामाजिक सञ्जाल टुइटरमा पोष्ट गर्दै राजदूत यान्छीले नेपाली सहकर्मीहरुसँग दशैं मनाउँन पाएकोमा आफू खुसी भएको बताएकी छिन् । नेपाली र अंग्रेजी भाषामा टुइट गर्दै उनले भनेकी छिन्, : मेरा नेपाली सहकर्मीहरूसँग दशैं मनाउन पाएकोमा खुशी छु । सबै नेपाली साथीहरूलाई सुस्वास्थ्य सुख र उन्नतिको लागि मंगलमय शुभकामना गर्दछु ।

 


प्रतिक्रिया दिनुहोस !
विचार