नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले पनि दशैंको टीका र जमरा लगाएका छन् । नेपालस्थित अमेरिकी दूतावासमा राजदूत रेन्डीले परिवार र आफन्तसँग टीका लगाएका हुन् । टीका लगाएको तस्वीर सामाजिक सञ्जालमा पोष्ट गर्दै राजदूत बेरीले सबै नेपालीलाई शुभकामना समेत दिएका छन् ।
राजदूत बेरी र उनको परिवारका बच्चाहरुले नेपाली ढाका टोपीमा सजिएर टीका लगाएको छन् ।






