Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

मापसे चेकिङमा फेरि कडाई, टीका लगाउँन हिँडेकाहरु फुक्दै हिँड्दै


काठमाडौं उपत्यकामा फेरि मापसे चेकिङमा कडाई गरिएको छ । चाडबाडका समयमा मापसे गरेर सवारी चलाउँन सक्ने सम्भावनालाई मध्यनजर गर्दै मापसे चेकिङमा कडाई गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
दशैं शुरुभएपछि फाट्टफुट्ट मात्रामा शुरु गरिएको चेकिङ टीकाको दिनसम्म आइपुग्दा अत्यन्तै कडा भएको छ । राजधानीका चोक चोकमा ट्राफिक प्रहरीले डिभाइडर राखेर चेकिङ गरेको छ । अघिल्ला दिनहरुमा बेलुकीपख मात्रै चेकिङ गर्ने गरिएकोमा विजयादशमीका दिन भने बिहानैबाट चेकिङ गरिएको हो ।
टीका लगाउँन हिँडेकाहरुलाई प्रहरीले चोक चोकमा चेकिङ मेसिनमा टाढैबाट फुक्न लगाएको देख्न सकिन्छ । कोरोना महामारीका कारण रोकिएको मापसे चेकिङ फेरि शुरु भएपछि मापसे गरेर सवारी चलाउँन खोज्नेहरु तनावमा परेका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार