Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

चेन्नईलाई चौथो पटक आइपिएलको उपाधि


चेन्नई सुपर किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) टी–ट्वान्टी क्रिकेटको उपाधि जितेको छ। दुबईमा शुक्रबार राति भएको फाइनलमा कोलकाता नाइट राइडर्सलाई २७ रनले पराजित गर्दै चेन्नई च्याम्पियन बनेको हो। चेन्नईले दिएको १९३ रनको लक्ष्यसहित ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ९ विकेट गुमाएर १६५ रन मात्र बनाउन सक्यो। कोलकाताका लागि शुबमन गिलले सर्वाधिक ५१ रनको अर्धशतकीय इनिङ्स खेले।

यस्तै भेन्कातेस एयरले ५० रनको अर्धशतकीय इनिङ्स खेले। दिनेश कार्तिकले ९, कप्तान इयान मोर्गनले ४, राहुल त्रिपाठीले २, सुनिल नारिने २ रन जोड्दा नितिश राना र शकिब अल हसन सुन्य रनमा आउट भए । शिबम माभीले २० रन बनाए भने लक्की फर्गुसनले अविजित १८ रन जोडे ।

चेन्नईले सार्दुल ठाकुरले ३ विकेट लिए । रविन्द्र जडेजा र जोश हाजलउडले २र२ तथा दिपक चाहर र ड्वाने ब्राभोले १र१ विकेट लिए। त्यसअघि पहिले ब्याटिङ चेन्नईले २० ओभरमा ३ विकेट गुमाएर १९२ रन बनाएको थियो।

चेन्नईका फाप डु प्लेसिसले ८३ रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै, मोइन अलिले अविजित ३७ रन जोड्दा रुतुराज गायकवाडले ३२ रन बनाए। रोबिन उथप्पाले ३१ रन बनाए। कोलकाताले सुनिल नारिनले २ तथा शिबम माभीले १ विकेट लिए। यससँगै चेन्नईले चौंथो पटक आईपीएलको उपाधि जित्न सफल सफल भएको छ।


प्रतिक्रिया दिनुहोस !
विचार