Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

दशैंको टीकाको दोस्रो दिन आज पनि टीका लगाइदै


नेपाली हिन्दु धर्मालम्बीहरुको महान् चाड बडादशैं अन्तर्गत आज एघारौं दिन अर्थात् एकादशी। आज पनि बिहानैदेखि मान्यजन तथा ठूलाबडाबाट टीका तथा जमरा लगाई दशैं धुमधामका साथ मनाइँदैछ। टीका लगाउन जानेको भीडले आज पनि काठमाडौं उपत्यकामा चहलपहल देखिएको छ ।

विजयादशमीका दिन टीकाको शुभसाइतमा तथा त्यस दिन टीका लगाउन छुटेका वा टाढाटाढा भएकाहरुले आज टीका लगाउँदैछन्। विजयादशमीका दिनदेखि सुरु भएको टीका तथा जमरा ग्रहण गर्ने क्रम कोजाग्रत पूर्णिमासम्म जारी रहन्छ। देशका केही भागमा भने टीकाको दिनमात्र टीका लगाउने चलन पनि छ।

असत्यमाथि सत्य र आसुरी शाक्तिमाथि दैवीशक्तिको विजयका रुपमा दशैं मनाइँदै आएको छ। घटस्थापनादेखि नौ दिनसम्म घरमा दुर्गाभवानीको पुजाआराधाना गरी राखिएको जमरा सहितको टीका वियजादशमीदेखि लगाउने परम्परागत चलन हो।


प्रतिक्रिया दिनुहोस !
विचार