Logo
१० श्रावण २०८३, आईतवार
|  Sun Jul 26 2026

नेपालका मुख्य प्रशिक्षक अल्मुताइरीले पनि साफकाे फाइनल खेल गुमाउने


साफ च्याम्पियनसिप फुटबल अन्तर्गत भारतविरुद्धको फाइनलमा नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले खेल गुमाउने भएका छन्। शनिबार बेलुका माल्दिभ्समा हुने फाइनल खेलमा मुख्य प्रशिक्षक अल्मुताइरीले ‘डगआउट’ मा बस्न नपाउने भएका हुन्।

दुईवटा पहेलो कार्ड पाएका कारण उनले ‘डगआउट’ मा बस्न नपाउने जानकारी दिइएको छ। यसअघिका गेममा दुई पहेलो कार्ड पाएकै कारण अन्जन विष्टले पनि फाइनल खेल खेल्न नपाउने भएका छन् ।

अल्मुताइरीले जारी साफ च्याम्पियनसिपको फाइनलपछि नेपालमा नरहने बताएका छन् । अल्मुताइरीले आफूले एक महिनाअघि राजीनामा दिइसकेको र साफ च्याम्पियनसिपपछि त्यो लागु हुने बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार