Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

टीकाको दोस्रो दिन काठमाडौंमा बढ्यो चहलपहल


बडादशैँमा सुनसान बनेको काठमाडौंमा दशैँको टीकासँगै चहलपहल बढेको छ। दशैँको टीकाको दोस्रो दिन आज पनि आफन्त तथा मान्यजनबाट टीका र जमरा लगाई आशीर्वाद लिने क्रम जारी रहेको छ। विजयादशमीको टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म दशैँको टीका लगाउने चलन छ।

काठमाडौं उपत्यकामा पनि दशैँको टीका लगाउन आफन्त तथा मान्यजनकहाँ पुग्ने सर्वसाधारणको आवतजावत बाक्लो रूपमा देखिएको छ। योपटकको दशैँमा विगतका वर्षभन्दा केही बढी सङ्ख्यामा सवारीसाधन सञ्चालन भएकाले पनि सर्वसाधारणलाई राहत भएको छ।

उपत्यकामा पातलो सङ्ख्यामा भए पनि खाद्यान्न, दूध तथा तरकारीका पसल खुलेका छन्। तुलनात्मक रूपमा आज सडकमा गाडी बाक्लो सङ्ख्यामा चलेका देखिन्छन्।महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आज पनि काठमाडौं उपत्यकामा दशैँको टीका र आशीर्वाद थाप्न जानेको चहलपहल बाक्लै छ। टीकाको पहिलो दिनभन्दा आज केही बढी गाडी चलेका छन्। सवारीको चहलपहल बढे पनि सडकमा जामको चाप भने नरहेको ट्राफिक प्रहरीको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !
विचार