बडा दशैँ मनाउन गाउँ गएकाहरु काठमाडाैं उपत्यका आउन थालेका छन् । काठमाडाैं भित्रिने मुख्य नागढुंगामा कोरोना महामारी र सुरक्षालाई मध्यनजर गर्दै प्रहरीले चेकिङमा कडाइ गरेको छ ।
प्रहरीले नागढुंगाबाट काठमाडाैं प्रवेश गर्ने प्रत्येक सवारी साधनमा यात्रुले मास्क लगाएको नलगाएको साथै गाडीभित्र सामाजिक दूरी कायम भएको नभएको लगायत हेर्ने गरेको छ ।
आम सर्वसाधारणहरु दशैँ मनाउन काठमाडाैंबाट गाउँ फर्किएसँगै महाष्टमीदेखि सुनसान रहेको काठमाडाैंमा पुनः चहलपहल बढेको छ ।





