Logo
११ असार २०८३, बिहीबार
|  Thu Jun 25 2026

वर्षा र बाढीका कारण १८ जनाको मृत्यु, दर्जनौ बेपत्ता


शनिबारको अविरल वर्षापछि आएको बाढीका कारण भारतको दक्षिणी केरला राज्यमा कम्तीमा १८ जनाको ज्यान गएको छ। अरु दर्जनौ व्यक्ति बेपत्ता भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

बाढीका कारण कतिपय स्थानमा भीषण पहिरो गएको छ। पहिरोमा परेर दजैनौ व्यक्ति बेपत्ता भएका छन्। केरलाको इदुकी र कोट्याम जिल्लामा बाढी र पहिरोको प्रकोप देखा परेको प्रहरीले जनाएको छ।

कोट्याम जिल्लामा बढीले बढी क्षति पु¥याएको हिन्दुस्तान टाइम्सले जनाएको छ। बाढीमा परेर मृत्यु भएका र हराएकामध्ये अधिकांश यहिँका रहेका बताइएको छ। यहाँ आइतबार बिहानसम्म पनि वर्षा जारी रहेको छ। बाढीका कारण कतिपय स्थानीय सडकहरु अवरुद्ध भएका छन्। मौसम् विज्ञान विभागका अधिकारीहरुले आइतबार दिनभर वर्षा कायमै रहने बताएका छन्।


प्रतिक्रिया दिनुहोस !
विचार