Logo
१२ कार्तिक २०८३, बिहीबार
|  Thu Oct 29 2026

नेपाली फुटबल टोली आज स्वदेश फर्किंदै, विमानस्थलमा स्वागतको तयारी


साफ च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टिम आज स्वदेश फर्किँदैछ। अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार नेपाली टिम बिहान ९:१० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लने छ।

गत शनिबार माल्दिभ्समा सम्पन्न फाइनलमा नेपाल भारतसँग ३–० गोल अन्तरले पराजित भएको थियो। नेपाल साफको फाइनलमा पहिलो पटक पुगेको हो।

पाँच राष्ट्र सहभागी प्रतियोगितामा नेपाल लिग चरणमा उपविजेता बन्दै फाइनल पुगेको थियो। भारतले भने राउण्ड रोबिन लिगको शीर्ष स्थानमा रहदै फाइनल खेलेको हो।


प्रतिक्रिया दिनुहोस !
विचार