Logo
११ श्रावण २०८३, सोमबार
|  Tue Jul 28 2026

मोहन वैद्यलाई भेट्न नर्भिक अस्पताल पुगे प्रचण्ड


आफ्ना राजनीतिक गुरु तथा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणलाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्पताल पुगेका छन् । दमको समस्या बढेर आइतबारदेखि नर्भिक अस्पतालमा उपचाररत् मोहन वैद्य किरणलाई भेट्न प्रचण्ड नर्भिक अस्पताल पुगेका हुन् ।

उनले वैद्यसँग स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिएका छन् । साथै नर्भिक अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले वैद्यको स्वास्थ्य अवस्थाको विषयमा प्रचण्डलाई जानकारी गराएका थिए ।

वैद्यको स्वास्थ्य अवस्थामा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । प्रचण्डले नेता वैद्यको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार