Logo
११ श्रावण २०८३, सोमबार
|  Tue Jul 28 2026

भोलि मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने सरकारको निर्णय


काठमाडौं । सरकारले भोलि (मंगलबार) मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ‘मोहम्मद जयन्ती १४ सय ९६’ को अवसरमा मुस्लिम समुदायलाई कात्तिक २ गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

त्यस्तै मन्त्रीपरिषद्को बैठकले अबुधाबी डाइलगको छैटौं मन्त्रीस्तररीय परामर्श बैठकमा सहभागी हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीलाई स्वीकृत दिने, विभिन्न मन्त्रालयमा अस्थायी दरबन्दी सिर्जना गर्न स्वीकृत दिने निर्णय गरेको सरकारका प्रवक्ता कार्कीले पत्रकार सम्मेलन मार्फत् जानकारी दिए ।

यस्तै बैठकले साफ च्यापियनसिप फुटबलमा उपविजेता भएका खेलाडीहरूलाई जनही ५ लाख र प्रशिक्षकहरूलाई जनही ३ लाख रुपैयाँ दिने निर्णय पनि गरेको छ । खेलाडीको प्रोत्साहन स्वरूप उक्त रकम दिन लागिएको प्रवक्ता कार्कीले बताए ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार