Logo
१० श्रावण २०८३, आईतवार
|  Mon Jul 27 2026

राखेप सदस्य सचिव रमेश सिलवाललाई बर्खास्त गर्ने मन्त्रिपरिषद्को निर्णय


सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवाललाई बर्खास्त गरेको छ। मन्त्रीपरिषद्को आज बसेको बैठकले सिलवाललाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

कामप्रति सन्तुष्ट हुन नसकेको भन्दै सरकारले सिलवाललाई यसअघि दुई पटक स्पष्टिकरण सोधेको थियो। स्पष्टिकरण चित्तबुझ्दो नभएको भन्दै पदावधि भण्डै ३ वर्ष समय बाँकी रहँदै सिलवाललाई बर्खास्त गरिएको हो ।

सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले कतिपय निर्णय परिपक्व हुन समय लाग्ने हुनाले सार्वजनिक नगरिएको भन्दै सिलवाल बर्खास्तमा परेको निर्णय कार्यक्रममा नसुनाइएको बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार