Logo
१० श्रावण २०८३, आईतवार
|  Mon Jul 27 2026

दश बुँदेको एकतारे नबजाउन ओलीको चेतावनी


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १० बुँदेको एकतारे नबजाउन पार्टीका नेता कार्यकर्तालाई चेतावनी दिएका छन् ।
नेकपा एमाले वागमती प्रदेशको पहिलो अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले व्यंग्यात्मक शैलीमा भने, १० बुँदेको टिरिङ टिरिङ बजाउन अब आबश्यक छैन । तात्कालिन अबस्थामा एमालेको माधवकुमार नेपाल पक्षसँग अन्तिम समयसम्म रहेर पछि १० बुँदे सहमित गर्दै ओलीतिर लागेका नेताहरुलाई लक्षित गर्दै उनले पार्टीले दिएको जिम्मेवारी पूरा गर्न निर्देशन दिएका हुन् । भीम रावल लगायतका नेताहरुले १० बुँदे सहमति कार्यान्वयनको आवाज उठाइरहेका बेला ओलीले कडा निर्देशन दिएका हुन् ।
माधव नेपालप्रति कडा रुपमा प्रस्तुत भएका ओलीले माधव नेपालका कारण केही मान्छे बिग्रिएको दाबी गरे । माधव नेपाललाई पार्टीमा कुनै हालतमा प्रवेश गर्न नदिइने बताउँदै ओलीले विश्वको राजनीतिक इतिहासमै माधव नेपाल नकारात्मक प्रवृत्तिका रुपमा दर्ज हुने बताए ।
माधव नेपालमाथि खनिएका ओली प्रचण्डमाथि पनि व्यापक रुपमा खनिए । नेता बिग्रिएपछि माधव नेपाल र प्रचण्ड बन्ने बताउँदै उनले माधव नेपाललाई बिग्रिएको आलुको संज्ञा दिए भने प्रचण्डलाई चा चा चु चु गर्दै हिँडेको नेता भनी टिप्पणी गरे ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार