Logo
१२ कार्तिक २०८३, बिहीबार
|  Thu Oct 29 2026

बागमती प्रदेशमा मुख्यमन्त्रीको टुंगो लगाउन सत्ता गठबन्धनको बैठक बस्दै


बागमती प्रदेशमा नयाँ सरकार गठनका विषयमा छलफल गर्न आज बिहान गठबन्धनको बैठक बस्ने भएको छ । आज अपराह्न बागमती प्रदेशसभाको बैठक आह्वान गरिएको छ । उक्त बैठक अगाडि नै नयाँ सरकार गठनका विषयमा छलफल गर्न गठबन्धनको बैठक बस्न लागेको हो । बैठकमा प्रदेश एकको मुख्यमन्त्रीबारे पनि छलफल हुनेछ ।

कांग्रेस प्रदेश संसदीय दलका एक नेताकाअनुसार बिहानको बैठकले प्रदेशको नेतृत्व र मन्त्रालय बाँडफाँडको टुङ्गो लगाउनेछ ।गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) रहेका छन् ।

गत २४ असोजमा बसेको बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने प्रस्ताव पेश गरेकी थिइन् । आजको बैठकमा उनले विश्वासको मत लिनेछिन् । बागमती प्रदेशसभा बैठक आज अपराह्न ४ बजेका लागि बोलाइएको छ । प्रदेश एकको बैठक भने भोलि बस्नेछ ।


प्रतिक्रिया दिनुहोस !
विचार