Logo
१२ कार्तिक २०८३, बिहीबार
|  Thu Oct 29 2026

बाढी र पहिरोमा मृत्यु हुनेको संख्या ८८ पुग्यो, कुन जिल्लामा कति क्षति ?


;8sd} vf]nf bdf}nL, !* c;f/ . tgx’Fsf] z’Snfu08sL gu/kflnsfl:yt b’n]uf}8f If]qdf ef/L jiff{kl5 ;8sd} au]sf] kfgL . oxfFsf] v}/]gL6f/, b’n]uf}8f, xn]bLnufotsf ;8s vf]nf h:t} b]lvPsf] 5 . t:jL/ M s[i0f Gof}kfg], /f;;

देशभर बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या ८८ पुगेको छ। गृह मन्त्रालयले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार बिहीबार बिहानसम्म देशभर बाढीपहिरोमा परी ८८ जनाको मृत्यु भएको छ। बाढी र पहिरोमा परेर ३० जना बेपत्ता भएका छन् भने २२ जना घाइते भएका छन्।

मन्त्रालयका अनुसार सबैभन्दा धेरै पहिरोमा पुरिएर पाँचथरमा २४ जनाको ज्यान गएको छ। छ जना घाइते भएका छन् भने त्यहाँ चार वटा घरमा पूर्णरुप क्षति भएको छ। त्यस्तै इलाममा पहिरोमा परी १३ जनाको मृत्यु भएको छ। त्यहाँ तीन जनाबेपत्ता भएका छन। दुई जना घाइते भएका छन्। त्यहाँ तीन वटा घर पूर्णरुपमा क्षति भएका छन्।

त्यस्तै डोटीमा पहिरोमा पुरिएर १२ जनाको मृत्यु भएको छ। पाँच जना घाइते भएका छन भने छ घर पूर्णरुपमा क्षति भएका छन्। मन्त्रालयका अनुसार धनकुटामा सात जनाको पहिरोले पुरिएर मृत्यु भएको छ। पाँच जना घाइते भएका छन्। एक घर पूर्णरुपमा क्षति भएको छ।त्यस्तै हुम्लामा ६ जनाको मृत्यु भएको छ। एउटा घर पूर्णरुपमा क्षति भएको छ।

पहिरोले बैतडीमा चार जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्र। दुईवटा घरमा पूर्ण क्षति भएको छ। कालिकोटमा एक जनाको मृत्यु भएको छ। त्यहाँ एक जना घाइते भएका छन् भने एक घर पूर्ण क्षति भएको छ।

त्यस्तै डडेलधुरामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। एक घर पूर्णरुपमा क्षति भएको छ। बझाङ्गमा बेपत्ता भएका २३ जनामध्ये दुई जनाको शव भेटिएको छ भने २१ जना अझै हराइरहेका छन्। त्यहाँ सात वटा घर पूर्णरुपमा क्षति भएको जनाएको छ।

जुम्लामा एक जना बेपत्ता भएका छन्। प्युठानमा एक जनाको बाढीका कारणले मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन्। सोलुखुम्बुमा एक जनाको मृत्यु भएको छ। मोरङमा बाढीका कारण एक जनाको मृत्यु भएको छ। सुनसरीमा दुई जनाको मृत्यु भएको छ। त्यहाँ एक घर पूर्णरुपमा क्षति भएको छ। उदयपुरमा दुई जनाको बाढीका कारणले मृत्यु भएको छ।

यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवा बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्न आज सुदूरपश्चिम प्रदेश जाने भएका छन्।


प्रतिक्रिया दिनुहोस !
विचार