Logo
१२ कार्तिक २०८३, बिहीबार
|  Thu Oct 29 2026

प्रधानमन्त्री देउवा बाढी प्रभावित क्षेत्र प्रस्थान, यी ६ जिल्लाको अवस्था बुझ्ने


प्रधानमन्त्री शेरबहादुर देउवा बाढीपहिरो र डुबान प्रभावित क्षेत्रको निरीक्षणका लागि सुदूरपश्चिम प्रदेश प्रस्थान गरेका छन्। टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, पर्यटनमन्त्री प्रेम आले, पूर्वमन्त्रीहरु एनपी साउद, रमेश लेखक र बीरबहादुर वलायरसमेत सहभागी छन् ।

देउवाले बिहीबार दिनभर सुर्खेत, बझाङ, बैतडी, डडेलधुरा, कञ्चनपुर र धनगढीका बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गर्नेछन्।

क्षतिको विवरण बुझेर प्रधानमन्त्रीसहितको टोली शुक्रबार काठमाडौं फर्किने कार्यक्रम छ। देउवा प्रधानमन्त्री भएको ३ महिनापछि पहिलो पटक सुदूरपश्चिम पुग्दै छन्।


प्रतिक्रिया दिनुहोस !
विचार