Logo
१२ कार्तिक २०८३, बिहीबार
|  Thu Oct 29 2026

जनकपुरमा सीके राउतको दादागिरी, कर्मचारीको शरीरमा हिलो फालेर बजार परिक्रमा


जनकपुरमा सीके राउत नेतृत्वको जनमत पार्टीले ‘जनकारवाही’को नाममा खानेपानी कार्यालय जनकपुरका निमित्त प्रमुख राजेश्वर कुशवाहमाथि दुर्व्यवहार गरेको छ ।भ्रष्टाचारीको आरोप लगाउँदै जनमत पार्टीले कुशवाहको माथिल्लो शरीर नाङ्गै पारी शरीरमा हिलो फालेर नगर परिक्रमा गरेको छ ।

बिहीबार दिउँसो खानेपानीको काम अधुरै छोडेको कारण आवागमन समस्या भएको भन्दै जनमत पार्टीका नेता कार्यकर्ताले रामानन्द चौकस्थित खानेपानीको कार्यालयमा प्रवेश गरी कुटपिट गरेका हुन् । साथै उनीहरूले अर्धनग्न बनाएर जुलुससहित निमित प्रमुख कुशवाहालाई नगरको विभिन्न भागको परिक्रमा गराएका हुन् ।

जनकपुरधाम उपमहानगरपालिका–८ बलवा टोलमा खानेपानी जडानका लागि महिनौंदेखि बाटो भत्काएका कारण आवागमनमा समस्या भएपछि कार्यालय प्रमुखलाई नगर परिक्रमा गराइएको जनमत पार्टीका सचिव इन्द्रजीत यादवले जानकारी दिए । आफूले कार्यालय प्रमुखलाई खबरदारी गरेको उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !
विचार