आज पनि देशका विभिन्न स्थानमा पानी पर्ने भएको छ । बिहानैबाट पानी परिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार प्रदेश १ र बागमती प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली हुने भएको छ । बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।
आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । विभागले वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्क हुन आग्रह गरेको छ ।
यसअघिको बेमौसमी वर्षासँगै आएको बाढीपहिरोका कारण १०१ जनाले ज्यान गुमाएका छन् । आइतबारदेखिको वर्षाका कारण बाढीपहिरो जाँदा १०१ जनाले ज्यान गुमाएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी प्रवक्ता वसन्त कुँवरले ४० जना बेपत्ता भएको र २६ जना घाइते भएको जानकारी दिए ।








