Logo
१४ श्रावण २०८३, बिहीबार
|  Thu Jul 30 2026

बुबाको आशौच बारिराखेका डाक्टर सुदिप फोनबाटै क्यान्सरका बिरामीको उपचार गर्दै


बलराम प्यासी

ललितपुर, १२ भदौ । त्यसो त आफूलाई जन्म र कर्म दिने बुबाआमाको निधन हुँदा त्यो जतिको पीडा अरु केही हुन्न ।
तैपनि स्वर्गीय आमाबुबाको निधनलाई शक्तिमा बदल्दै एकजना डाक्टरले आफ्नो चिकित्सकीय पेशालाई विरामीको सेवामा सक्रिय राख्नु चाँहि सानोतिनो कुरा पक्कै होइन ।

यसै सन्दर्भमा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरका कार्यकारी अध्यक्ष वरिष्ठ क्यान्सर विशेषज्ञ डा।सुदिप श्रेष्ठ आफ्ना स्वर्गीय बुबाको आशौच बारिरखेको समयमा पनि आफूले जचाइरखेका क्यान्सरका बिरामीलाई फोनबाटै भएपनि उपचार सेवा दिन भने छोडेका छैनन् ।

डा.श्रेष्ठका बुवा राम बहादुर श्रेष्ठको यही भदौ ५ गते विहिबार ९३ वर्षको उमेरमा निधन भएको थियो। डा. सुदिपको ८८ वर्षीया आमा सुभद्रा श्रेष्ठको निधन भएको ११ महिनाको अन्तरालमा उनको बुबाको निधन भएको थियो ।

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धिमा क्यान्सरको उपचार गराइरहेका र बहिरङ्ग विभागमा आफूले जचाएका क्यान्सरका दैनिक औसत ३० देखि ४० जना विरामीलाई आफू आशौच बारेको खुमलटारको घरबाटै फोनबाट उपचार सेवा र सल्लाह दिईराखेका छन्।

मैले उपचार गरिरहेको विरामीलाई मेरो  बुबाको आशौचको १३ दिनसम्म मैले चटक्कै छोड्दा उनीहरूको स्वास्थ्यमा गम्भीर समस्या पर्न सक्छ,त्यसैले म बिरामीको फोन सम्पर्कमै रहेर उनीहरूलाई परामर्श दिएर चिकित्सकीय धर्म निभाइरहेको छुु डा. श्रेष्ठले भने ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार