Logo
१२ कार्तिक २०८३, बिहीबार
|  Thu Oct 29 2026

आज सातवटै प्रदेशमा वर्षा, हिमाली क्षेत्रमा हिमपातको सम्भावना


आज पनि देशका विभिन्न क्षेत्रमा पानी पर्ने भएको छ । बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा अहिलेहल्का वर्षा भइरहेको छ । अन्य प्रदेशमा बिहान आंशिकदेखि सामान्य बदली रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । सबै प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । विभागले आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ ।

बागमती प्रदेश र प्रदेश १ का थोरै स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । कृषि कर्म गर्दा विशेष सावधानी अपनाउन महासाखाले आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार