Logo
५ श्रावण २०८३, मंगलवार
|  Tue Jul 21 2026

प्रधानमन्त्री देउवा आज पूर्वका बाढीपहिरो प्रभावित क्षेत्रमा जाँदै


प्रधानमन्त्री शेरबहादुर देउवा पूर्वका बाढी, पहिरो र डुबान प्रभावित जिल्लाको अवस्था बुझ्न आज बिहान त्यसतर्फ जाँदै छन् । उनी बाढी, पहिरो र डुबान प्रभावित जिल्ला सुनसरी, मोरङ, इलाम र पाँचथर जाने उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री देउवाको चारै जिल्लामा प्रभावित क्षेत्रको अवलोकन, पीडितसँग भेटघाट र प्रभावित जिल्लाको अवस्थाका बारेमा जानकारी लिने कार्यक्रम तय भएको छ । सो प्रममा प्रधानमन्त्रीले थप राहतका कार्यक्रम सार्वजनिक गर्ने बताइएको छ ।

यसअघि प्रधानमन्त्री देउवाको नेतृत्वमा अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्रीहरू एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायरसहितको टोलीले बिहीबार र शुक्रबार सुदूरपश्चिमका बाढी, पहिरो र डुबान प्रभावित जिल्ला पुगेर सो क्षेत्रको अवस्थाका बारेमा जानकारी लिएको थियो ।

देउवा आजै साँझ काठमाडौं फर्कने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार