Logo
२७ बैशाख २०८३, सोमबार
|  Mon May 11 2026

मंसिरदेखि सबै शैक्षिक प्रमाणपत्र अनलाइनबाटै उपलब्ध गराउने त्रिविको तयारी


त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आगामी मंसिरदेखि सबै शैक्षिक प्रमाणपत्र अनलाइन माध्यमबाटै उपलब्ध गराउने भएको छ। विद्यार्थीको सेवा सुविधाका लागि अनलाइनबाट शैक्षिक प्रमाणपत्र दिने तयारी भइरहेको त्रिवि, परीक्षा नियन्त्रण कार्यालयका सहनियन्त्रक महेशराज ओझाले बताएका छन्।

अनलाइन माध्यमबाट सेवा सुचारु भएपछि अब प्रमाणपत्र लिनका लागि बल्खु पुग्नुपर्ने बाध्यताको अन्त्य हुने उनको भनाइ छ। ‘मंसिरदेखि नै अनलाइनबाट शैक्षिक प्रमाणपत्र दिने तयारी गरिरहेका छौँ’‚ उनले भने, ‘सबै प्रक्रिया पूरा गरेको विद्यार्थीको हकमा त्यही महिनाबाट प्रमाणपत्र उपलब्ध गरिन्छ,अहिले आवश्यक पूर्वाधार दक्ष जनशक्ति तयार गरिरहेका छौँ।’

अनलाइनबाटै प्रमाणपत्र दिन सकिने सम्भावना रहेको उनले बताए। उनका अनुसार प्रमाणपत्रको शुल्क पनि अनलाइनबाटै तिर्न सकिने व्यवस्था गरिनेछ। व्यवस्था भएपछि यसका लागि पनि बल्खु पुग्नुपर्ने छैन।


प्रतिक्रिया दिनुहोस !
विचार