Logo
५ श्रावण २०८३, मंगलवार
|  Tue Jul 21 2026

अविरल वर्षाका कारण विपतमा परेका परिवारलाई विशेष प्याकेज ल्याउने प्रधानमन्त्रीको घोषणा


प्रधानमन्त्री शेरबहादुर देउवाले अविरल वर्षाका कारण विपतमा परेका परिवारका लागि विशेष प्याकेजको घोषणा गर्ने बताएका छन्।  आज प्रदेश १ को बाढी पहिरोग्रस्त क्षेत्रको अवलोकनका क्रममा इटहरी पुगेका प्रधानमन्त्री देउवाले किसानलाई विशेष राहात प्याकेज घोषणा गर्ने बताए ।

खेतमा पाकेर घर भित्र्याउने बेला भएको धानबालीमा वर्षा र बाढीपहिरोले धेरै क्षति गरेको भन्दै उनले पहिला गास, बास र किसानहरुको पीडामा मल्हम लगाउने काम सरकारले गर्ने बताए ।

प्रधानमन्त्री देउवाले बाढीपहिरो पीडितको उद्धार तथा राहत कार्यमा जुटने काम गरेकोमा सुरक्षाकर्मीको समेत प्रशंशा गरे । सुरक्षा प्रमुखसहित स्थानीय निकायका प्रमुखहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री देउवाले विपत्तिमा पूर्वाधार विकास भन्दा पनि मानवीय क्षति रोक्नु र राहतका कार्यलाई प्राथमिकता दिनु प्रमुख आवश्यक भएको बताए ।


प्रतिक्रिया दिनुहोस !
विचार